श्रीमतीको सम्झनामा कमलले ल्याए 'डढेलो'


इश्वर भट्टराई, उर्लाबारी।
सुनसरीको इटहरी स्थायी घर भई काठमाण्डौमा वसोबास गर्दैआएका गायक कमल किरणले आफ्नो एकल गीती एल्वम डढेलो वजारमा ल्याएका छन् ।
करिव एक वर्षअगाडी सडक दुर्घटनामा परेर मृत्यू भएकी आफ्नी श्रीमती तथा लोकगायिका मञ्जु महतको सम्झनामा तथा उनीप्रति श्रद्घाञ्जली अर्पण गर्दै डढेलो सार्वजनिक गरिएको गायक किरणले जानकारी दिए ।
एक दर्जन बढि कलेक्सन एल्बमहरुमा आफ्नो स्वर भरेर चर्चा र लोकप्रियता कमउन सफल गायक किरण २०६० सालदेखि सांगीतीक प्रशिक्षण लिएर यस क्षेत्रमा होमिएका हुन् । एल्वम सार्वजनिक भएपछि प्रचारप्रसारमा ब्यस्त रहेका गायक किरण अग्रज तथा घर परिवारको प्रेरणा र साथ सहयोगले सांगीतीक क्षेत्रमा लागेको वताउँछन् । उनको एल्वम डढेलोमा डढेलो सर्‍यो किन, नेपाल वन्द भो, फक्रिएर फुल्न नपाउँदै, बगी जान्छ जिन्दगी र यो मनले बोलको गीत समाबेश गरिएको छ ।



करिब ७ लाख रूपैयाँ लगानीमा पहिलो एल्बम बजारमा ल्याएका गायक कमलले यो क्षेत्रमा राम्रो नाम र दाम रहेको बताएका छन् । उनका अनुसार एल्वमको लगानी सुरक्षित नभएपनि स्टेज कार्यक्रमबाट राम्रो कमाई हुने गरेको छ । नेपालका विभिन्न स्थानमा साङ्गीतीक कार्यक्रमका साथै दुबई, कतार, मलेसिया लगायतका देशहरुमा स्टेज तताइसकेका उनी ब्यावसायीक रुपमा सांगीतीक क्षेत्रमा नै क्रियाशील रहने बताउँछन् ।
उनले पहिलो एल्वमको शीर्ष गीत 'डढेलो सर्‍यो किन' बोलको गीतको भिडियो पनि निर्माण गरेका छन् । श्रीमती मञ्जु महतको सडक दुर्घटनाको वास्तविक कथा रहेको भिडियोमा दिवश उप्रेती र सुप्रिया कटुवालको अभिनय रहेको छ भने यसलाई समन अधिकारीले निर्देशन गरेका हुन्।
त्यस्तै यो एल्वमको अर्को गीत 'यो मनले तिमीलाई'को भिडियो पनि भर्खरै सुटिङ समाप्त भएको छ । धरानका विभिन्न रमणीय स्थलहरुमा भएको सुटिङको निर्देशन मणि लिम्बुले गरेका हुन्। ममता लिम्बुको कोरियोग्राफी रहेको गीतमा सन्देश पौडेल, एस डब्लु लामिछाने र नविना रसाइलीले अभिनय गरेका छन् ।
विवेक हिङमाङले छायाङ्कन गरेको गीतको भिडियोलाई चाँडै बजारमा ल्याउने गायक कमल किरणले जनकारी दिए ।




Comments