शरणार्थीको सहयोग भूकम्प पीडितलाई




डिकेश लामा,
२८ बैशाख, बेलडाँगी।
भुटानी शरणार्थीहरुले आफ्नो छाक काटेर भए पनि भूकम्प पीडितलाई सहयोग गर्ने तयारी गरेका छन् । शिविर व्यवस्थापन समिति र शिविरका अगुवाहरुको पहलमा शिविरका हरेक छाप्राबाट यथासक्दो सहयोग संकलन कार्य गरिएको छ ।
भुकम्प पिडितहरूलाई राहतका लागि शरणार्थीहरुले वेलडाँगी र शनिश्चरे शिविरबाट २ लाख ५५ हजार ३ सय ९७ रुपैयाँ संकलन गरेको बेलडाँगी शिविर सचिव सन्चहाङ्ग सुब्बाले बताए । संकलित रकमबाट २ सय घर अति पीडितलाई आफ्नै हातले राहत वितरण गर्ने तयारी मिलाएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।



संकलित रकमबाट २ सय बोरा चामल, २ सय लिटर खाने तेल, दाल, सावुन लगायतको सामाग्री खरिद गरिसकेको र उक्त सामाग्री धादिङ जिल्लाका पीडितलाई आफैंले वितरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट सहयोग मिलाइएको राहत वितरणमा जाने टोलीका अगुवा सहायक सचिव टिकाराम रसाइलीले बताए । खरिद गरिएका सामाग्री लुथरन विश्व फेडरेशन, शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर)ले उपलव्ध गराएका यातायतका साधानबाट लाने तयारी गरिएको टोलीका अगुवा सहायक सचिव मनमाया राईले बताइन् ।
टोलीमा २४ जना जाने तयारी गरिएको बताइएको छ ।



Comments