मनसुनी क्षति रोकथाम गर्न फोकल पर्सन गठन





१५ जेठ, दमक।
बर्षायाममा हुने मनसुनी क्षति रोकथाम गर्न झापाको लखनपुरमा फोकल पर्सन चयन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुरको शुक्रवार सम्पन्न बैठकबाट नौवटा वडाहरुमा फोकल पर्सन चयन गरिएको हो । वडास्तरिय फोकल पर्सनहरुमा वडा नम्बर १ मा खगेन्द्र प्रसाद तिवारी, वडा नम्बर २ मा सरोज सुब्बा, ३ मा कमलराज संग्रौला, ४ मा दिपक आर्चाय, ५ मा चुडामणि आचार्य, ६ मा टकेन्द्रकुमार श्रेष्ठ, ७ मा ढलक पन्त र वडा नम्बर ८ र ९ मा धनप्रसाद भण्डारी रहेका छन् ।



यसैगरी तोपगाछीमा हिमप्रसाद दाहाल र पारसमणि राई फोकल पर्सनका रुपमा राखिएका उपशाखा सभापति चन्द्र शाहले जानकारी दिए । बर्षायाममा हुने मनसुनी क्षति रोकथाम गर्न पूर्व तयारीका रुपमा यी फोकल पर्सन वडास्तरमा विस्तार गरी काम गर्ने सभापति शाहले बताए ।






Comments