लिचीको दाना अड्किएर बालकको मृत्यु



२ जेठ, दमक।
लिचीको दाना अड्किएर झापा दमकका एक नावालकको मृत्यु भएको छ ।
लिचीको दाना घाँटीमा अड्किएर आज दमक-१ की मनमाया मगरका २ बर्षिय छोरा रिदमको मृत्यु भएको हो ।
लिची खाँदा अचानक घाँटीमा लिचीको दाना अड्किएपछि दमकस्थित लाइफ लाइन अस्पतालमा ल्याइएका उनलाई ल्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।

लिचीको दाना घाँटीमा अड्किएर श्वासप्रश्वास रोकिन गएपछि बालकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डाक्टर सूर्यनारायण शाहले बताए।


Comments