तीन दिन विद्यालय बन्द गर्ने प्याव्सनको निर्णय



२९ बैशाख, बिर्तामोड।
आज दिउँसो गएको भूकम्प र त्यसपछि लगातार गइरहेका कम्पनहरुलाई मध्यनजर गरी प्याब्सन झापाले आजबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्याब्सन झापाका अध्यक्ष मिलनकुमार ढुंगानाका अनुसार भूकम्पको बढ्दो कम्पन र सुरक्षालाई ध्यानमा राखेर शुक्रवारसम्म निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीसमेत भूकम्पबाट त्रसित रहेको र यस्तो असामान्य अवस्थामा पठनपाठन सहज हुन नसक्ने ठहर गरी प्याब्सनले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन झापाका सह-सचिव ज्ञानकुमार थलङले जानकारी दिए । मंगलवार विद्यालयमा पठनपाठन भइरहेका बेला भूकम्प जाँदा विद्यार्थी त्रसित बनेर भागदौड मच्चिएको थियो ।
प्याब्सनले यसअघि गत बैशाख १२ गतेको भूकम्पपछि १३ गतेदेखि १९ गतेसम्म विद्यालय बन्द गरेको थियो ।

यसैबीच आज गएको भुकम्पलाई मध्यनजर गर्दै सरकारले देशभरका विद्यालयहरू जेठ १५ गतेसम्म बन्द गर्ने निर्ण गरेको छ।


Comments