आगलागिबाट ५५ लाखको क्षति




५ जेठ, मोरङ।
मोरङको भिन्नाभिन्नै ठाउँमा भएका आगलागिका कारण ५५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
निमुवास्थित कोशी ग्याँस उद्योगमा सोमबार विहान भएको आगलागीबाट उद्योगको कार्यालयमा रहेको फर्निचर तथा अन्य सामानहरु जलेका छन्।
निमुवा ८ मा रहेको सो उद्योगको कार्यालयमा बिहान ८ बजे एयर कुलर पड्किएर आगलागी हुँदा त्यहाँ रहेका टि.भी, कम्प्युटर, प्रिन्टर मेशीन र फर्निचरसमेत जलेर अन्दाजी १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।



यस्तै याङसिलास्थित एक घरमा हिजो दिउँसो विद्युत लाइन सर्ट भई आगलागी हुँदा चार घर जलेका छन्।
याङसिला ८ का नर बहादुर कुँवरको घरको विद्युत सर्ट भई दिउँसो २ बजे आगलागी हुँदा उनीसहित छिमेकी टेक बहादुर सुनुवार, मान बहादुर लिम्बु र कुमार बस्नेतको चारवटा घरहरु जलेका छन्। आगोले उनीहरुको घर तथा घरभित्र रहेको सम्पूर्ण सामान जलेर अन्दाजी ४५ लाख बराबरको क्षति प्रहरीले जनाएको छ।
आगो स्थानीयवासी, दमकल, प्रहरी र नेपाली सेनाको टोलीको प्रयासमा सवा ३ बजे नियन्त्रण गरिएको थियो।




Comments