भुकम्प पीडितलाई भारतीय भूपू सैनिकहरुद्वारा खाद्य सहायता




५ जेठ, दमक।
भुकम्प पीडितहरुलाई सहयोग पुर्‍याउन झापा दमक बस्ने भारतीय गोर्खा भुपू सैनिकहरुले खाद्य सहायता उपलब्ध गराएका छन् । भारतीय गोर्खा भुपू सैनिक कल्याणकारी संगठन दमकले संकलन गरेको करिव ६० हजार रूपैयाँ मूल्य बराबरको २० क्वीन्टल चामल उनीहरूले उपलब्ध गराएका हुन् ।
आज सो खाद्य सहायता दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाललाई हस्तान्तरण गरिएको संगठनका अध्यक्ष पृथीमान राईले बताए। नगरपालिकामार्फत पीडितहरुलाई सो खाद्य सहायता पुर्‍याउन ती सामाग्रीहरु हस्तान्तरण गरिएको हो । त्यस अवसरमा संगठनमा आवद्ध भूपू सैनिक सदस्यहरुको उपस्थिती रहेको थियो ।




यसैगरि संगठनले भुकम्प पीडित दमकका आफ्ना सदस्य दलवीर शेर्माका परिवारलाई समेत राहत दिएका छन् ।
शेर्माका छोरी रजनीलाई संगठनले उपलब्ध गराएको राहत १५ हजार रुपैयाँ यसअघि नै हस्तान्तरण गरिएको संगठनका सचिव धनजीत राईले जानकारी दिए। रजनी गत बैशाख १२ गते आएको महाभुकम्पमा परेर काठमाण्डौमा घाइते भएकी थिइन् ।


Comments