राहत कोषमा महासंघले बुझायो करिव पौने दुई लाख रूपैयाँ





७ जेठ, बिर्तामोड।
भूकम्पपीडितका लागि विभिन्न संस्था तथा समाजसेवीबाट संकलित १ लाख ७१ हजार ७ सय २१ रुपैयाँ नेपाल पत्रकार महासंघ झापाले जिल्ला दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ ।
आज बिहीबार प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले बिर्तामोडमा ९१ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरे ।
जिल्ला दैवी प्रकोप राहत कोषमार्फँ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी पत्रकार महासंघ झापाले प्रजिअ पौडेललाई सो रकम हस्तान्तरण गरेको हो ।



उक्त रकममध्ये बिर्तामोड निवासी समाजसेवी परशुराम ढकालले ५१ हजार १ सय ११ रुयैयाँ तथा राजवंशी समाज विकास समिति बिर्तामोड र गौरवती सतानु राजवंशी स्मृति प्रतिष्ठानले ४० हजार रुपैयाँ सहयोग रकम महासंघलाई प्रदान गरेका थिए ।
यसअघि विभिन्न संस्थाले पत्रकार महासंघलाई हस्तान्तरण गरेको ८० हजार ६ सय १० रुपैयाँ कोषमा जम्मा भइसकेको छ ।
योसँगै पत्रकार महासंघ झापाको संयोजनमा १ लाख ७१ हजार ७ सय २१ रुपैयाँ भूकम्प पीडितकालागि राहत कोषमा जम्मा भएको छ ।




Comments