दमक-रवि सडक उपभोक्ता समितिमा एमाओवादी गठबन्धनको वर्चश्व




१७ जेठ, दमक।
दमक-चिसापानी-रवी (फाल्गुनन्द मार्ग) उपभोक्ता समितिको नयाँ नेतृत्वको निर्वाचनमा एमाओवादीसहितको साना दलहरुको गठबन्धन विजयी भएको छ । अध्यक्षसहित पदाधिकारीहरुमा ती गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । आफ्नो प्रतिद्वन्दी कांग्रेस, एमालेका गठबन्धनका अध्यक्षका प्रत्यासी प्रकाश बुढाथोकीलाई पछि पार्दै एमाओवादीका गगन पुरीको गठबन्धन विजयी भएको हो ।
निर्वाचन समितिले आज दिउँसो सार्वजनिक गरेको नतिजाअनुसार अध्यक्षमा पुरी, सह-अध्यक्षमा गोविन्द बस्नेत, वरिष्ठ उपाध्यक्षमा सुशील कुमार राई, उपाध्यक्षमा विनोद कुमार नेम्वाङ्ग, महिला उपाध्यक्षमा भगवती श्रेष्ठ, महासचिवमा हेमन्त राई, सचिवमा दिल कुमार लावती, महिला सचिवमा लीला देवी ढुङ्गेल (दाहाल) र कोषाध्यक्षमा नैन बहादुर भण्डारी निर्वाचित भएका छन्। निर्वाचित पदाधिकारीमा महिला उपाध्यक्ष, महासचिव, महिला सचिवमा मात्र कांग्रेस, एमालेका गठबन्धन विजयी बनेको छ ।



यसैगरी समितिका सदस्यहरुमा केन्द्र प्रसाईं, बिक्रम अधिकारी, भुपेन्द्र साँवा लिम्बू, रुद्र बहादुर कार्की, चन्द्र कुमार साँवा, प्रदिपचन्द्र राई, डम्बर पुलामी मगर (कर्मा), कुल बहादुर लिम्बू, हर्क प्रसाद साँवा, पुकार राज राई, मन कुमार साँवा निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यहरुमा नरमायाँ तामाङ्ग, हर्कमायाँ तामाङ्ग र सुजता अधिकारी निर्वाचित भएका निर्वाचन समितिका सदस्य लीला गुरागाईंले जानकरी दिए।
समितिको नौ पदाधिकारीसहित २३ सदस्यीय कार्यसमितिका लागि शुक्रवार र शनिवार गरी दुई चरणमा निर्वाचन भएको थियो । ११ सय ३ जना उपभोक्ता रहेको सो समितिको निर्वाचनमा कुल ९ सय ६७ मत खसेको थियो । हिजो राति १० वजेदेखि शुरु भएको मतगणना आज दिउँसो १ बजेतिर मात्र सकिएको थियो ।




Comments