शिविरका रुखको हाँगा काट्न शुरु




डिकेश लामा,
१२ जेठ, बेलडाँगी।
झापा दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा रुखका हाँगाहरु काट्न थालिएको छ ।
सामान्य हावाहुरी चल्दा समेत रूखहरू ढलेर शरणार्थीहरूको ज्यान जाने क्रम देखिएपछि शिविरमा रहेका रूखहरू काट्न थालिएको हो ।
गत ९ गते शनिबार राति आएको हावाहुरीका कारण रूखले किचेर एक वालिकाको ज्यान गएको र उनकी आमा गम्भीर घाइते भएपछि शरणार्थीहरु त्रसित बनेका छन् । वेलडाँगी २ की ४ बर्षीया बालिका एलिसा राईको मृत्युपछि आक्रोसित शरणार्थीहरुसँग सरोकारवाला निकायले गरेको सहमतिको आधारमा रुखका हाँगा काट्ने कार्य शुरु भएको हंसे दुम्से सामुदायिक बनका अध्यक्ष हिमालय प्रसाद दाहालले बताए ।




दाहालका अनुसार वेलडाँगी शिविर ३ र २ का विद्यालय आसपासका मसला, कदम र घरनजिक रहेका साखु जातका रुखहरुको हाँगा काटिएको बताइएको छ ।
शिविरभित्र रहेका जीर्ण अवस्थाका रुखहरु काट्नका लागि ६ बर्षअघि नै पहल भए पनि हालसम्म कार्यान्वयन हुन नसकेपछि शरणार्थी शिविरभित्र जोखिम बनेका रुखका कारण धनजनको क्षति भएको शिविर सचिव सन्चहाङ्ग सुव्बाले बताए ।
यसपटक भएको सहमतिमा सर्वे गरिएका ५२ वटा रुख कटानसमेत चाँडै गरिने भएको हंसेदुम्से सामुदायिक वनले जानकारी दिएको छ ।





Comments