मिस लिम्बुसहितको टोलीद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण



सरोज बस्नेत,
४ जेठ, उर्लाबारी।
मिस लिम्बू विष्णु चेम्जोङ, फष्ट रनरअफ मेरिना चेम्जोङसहितको टोलीले भूकम्प प्रभावित दोलखा र नुवाकोट क्षेत्रका पीडितलाई सहयोग गरेका छन् ।
औषधिका साथ राहत सामग्री लिएर गएको मिस लिम्बूसहितको टोलीले जिल्ला प्रशासनसँग समन्वय गरेर दोलखाको गैरीमुदे-८ का २ सय २५ परिवारलाई राहत वितरण गरेको छ भने नुवाकोटको पिपल-९ का एक सय परिवारलाई राहत वितरण गरेको सञ्चारकर्मी तेजन खड्काले जानकारी दिए।



टोलीले उक्त क्षेत्रमा त्रिपाल, चामल, नुन तेल, सुत्केरी महिला र बालबालिकालाई चाहिने पोषणयुक्त खाद्य पदार्थ, औषधि, सेनिटरी प्याड, बिस्कुट, ग्लुकोजलगायत साम्रगी सहयोग गरेको छ । गीतकार तथा याक्थुङ युथ एसोसिएसनकी संयोजक मीना सिंगक लगायत मिस लिम्बु, कुलझोडा समूह र अरनिको हस्पिटलको टोलीले दोलखा र नुवाकोटमा राहत वितरण गरेको हो । देश शोकमा डुवेको कारण सबैको साथ र सहयोगको खाँचो रहेको मिस लिम्बू बिष्णु चेम्जोङको भनाई छ ।
मोरङको राजघाटको कुलझोडा समूह र अरनिको हस्पिटल उर्लाबारीसँग मिलेर मिस लिम्बुको टोलीले राहत वितरण गरेको हो ।







Comments