३१ बैशाख, दमक।
झापाको बिर्तामोडबाट दुई दिनअघि हराएको बजाज डिस्कभर मोटरसाइकल प्रहरीले फेला पारी धनीलाई बुझाएको छ ।
बिर्तामोडको अन्नपूर्ण चोकस्थित टेलरिङ पसल अगाडिबाट हराएको मोटरसाइकल वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीको सकृयतामा भद्रपुरस्थित चिया बगानको झाडीमा फेला पारी धनीलाई बुझाइएको हो।
बिर्तामोड नगरपालिका १ बस्ने मोहमद तारासेखको आफ्नै टेलरिङ पसल अगाडि पार्किङ गरिराखेको मे २ प २७४४ नम्बरको कालो रातो रंगको डिस्कभर मोटरसाइकल हराएपछि उनले मोटरसाइकलको बिस्तृत बिवरणसहित खोजतलाशका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएका थिए।
निवेदनमा उल्लेख भएको मोटरसाइकलको नम्बर अनुसार प्रहरीले उक्त मोटरसाइकलको खोजी तिव्र बनाएको थियो। मोटरसाइकलको इन्जीन नम्बर र च्यासिस नम्बर निवेदनसँग मेल खाएपछि इलाका प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक राकेश कुमार पोद्दारले उनलाई आज कार्यालयमा बोलाई मोटरसाइकल फिर्ता दिएका हुन्।

Comments
Post a Comment