भुकम्पले झापाका एक दर्जन इटा उद्योगमा क्षति



३१ बैशाख, दमक।
गत बैसाख १२ र २९ गते आएको भुकम्पले झापाका एक दर्जन इटा उद्योगमा लाखौंको क्षति भएको छ । जिल्लाका इटाभट्टामध्ये ५ वटामा पूर्ण र ५ वटामा आंशिक रुपमा क्षति पुगेको छ ।
इटा उद्योग संघ झापाका जिल्ला सदस्य सिताराम भट्टराईका अनुसार पूर्ण क्षति भएका भट्टाहरुमा तेज इटाभट्टा बैगुन्धुरा, पि.वि.सी. इटाभट्टा जुरोपानी, ए वान, झापाली इटाभट्टा तोपगाछी र टि. एन. टि. इटाभट्टा रहेका छन् भने आंशिक क्षति हुनेहरुमा बाबा, श्री राम, जानकी, पुनम र प्रदिप इटाभट्टालगायत रहेका छन्।
क्षति भएका इटाभट्टाहरुमध्ये अधिकांशको चिम्नी, भियान र डकमा असर परेको संघका सदस्य भट्टराईले बताउनुभयो ।
हाल झापामा २१ वटा इटाभट्टा रहेका छन् । बारम्बार भुकम्पका धक्काहरु गइरहेकाले हाललाई इटाभट्टाको काम रोकिएको भट्टराईले बताए।





Comments