३० बैशाख, उर्लाबारी।
मिस लिम्बु बिष्णु चेम्जोङको सक्रियतामा भूकम्प पीडितहरुको लागि राहत संकलन गरिएको छ ।
मोरङको उर्लाबारी, टाँडी, सुनसरीको धरानलगायत स्थानमा राहत संकलन गरिएको हो । संकलित राहत भूकम्प प्रभावित क्षेत्रहरुमा मिस लिम्बुको उपस्थितीमा वितरण गरिने जनाइएको छ। मिस लिम्बुको सक्रियतामा टाँडी र उर्लाबारीमा ७० हजार ४ सय ८५ रुपैयाँ संकलन गरिएको छ भने धरानमा खाद्यान्यलगायत राहत संकलन भएको मिस लिम्बु विष्णु चेम्जोङले बताइन्।
यस्तै, कुलझोडा समूह फेशबुकबाट साढे तीन लाख रुपैयाँ संकलन गरिएको सदस्य तेजन खड्काले बताएका छन् । राजघाट हङकङ समाज, गन्तब्य नेपाल साउदी अरबलगायत देशविदेशमा रहेका राजघाटबासीहरुले सो रकम सहयोग गरेको उनले जानकारी दिए ।
त्यसैगरी अरनिको हस्पिटल प्रालिले कर्मचारीहरुबाट १ लाख ११ हजार र पदाधिकारीहरुबाट ८९ हजार गरी दुई लाख रुपैयाँ संकलन गरेको छ ।
मिस लिम्बु, कुलझोडा समूह फेशबुक र अरनिको हस्पिटलको संयुक्त टोली राहत वितरणको लागि शुक्रबार नुवाकोट र दोलखा जाने तयारी भइरहेको टोलीका सदस्य पूर्ण सिंगक लिम्बुले बताए।

Comments
Post a Comment