इटहरीमा समातिएका सिके राउतलाई काठमाण्डौं लगियो



अनिल घिसिङ,
१३ जेठ, इटहरी।
हिजो दिउँसो इटहरीबाट पक्राउ परेका सिके राउतलाई आवश्यकीय कार्वाहीका लागि आज काठमाण्डौ लगिएको छ ।
इटहरीस्थित एक टेलिभिजनमा अन्तरवार्ता दिन आउने क्रममा हिजो उनलाई इटहरीले उनलाई पक्राउ गरेको थियो ।
आज बिहानै ४ बजे कसैलै पत्तै नपाउने गरी हिरासतमा रहेका सिके राउत र उनका समर्थकहरुलाई कार्वाहीका लागि भन्दै सप्तरी हुँदै काठमाण्डौं लगेको बताइएको छ ।
इटहरी प्रहरीका अनुसार पक्राउ परेका सिके राउतबिरुद्ध आज राज्य बिप्लव मुद्दा दर्ता गरी सप्तरी हुदै महानगरीय प्रहरी कार्यालय काठमाण्डौ लगिने भएको हो ।




उनलाई इटहरीबाट बिशेष प्रहरी सुरक्षा घेरामा राखेर काठमाण्डौ लगिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए।
राउतले नेपाल र नेपाली महिलाहरुप्रति सार्वजनिक रुपमा अश्लिल शब्दहरु प्रयोग गरेकोमा उनलाई फाँसी दिनुपर्ने माग गर्दै हिजो साँझ इटहरी चोकमा बिभिन्न विद्यार्थी संगठनहरुले सिकेको पुत्ला जलाएका थिए ।
सरकारले देशद्रोही घोषणा गरेका सिके जस्ता ब्यक्तिको अन्तर्वार्ता प्रशारण गर्न खोजेकोमा स्थानीय एरिना टेलिभिजन प्रति विद्यार्थीले आक्रोश ब्यक्त गरेका थिए ।
पुत्ला दहन कार्यक्रममा सहभागी विद्यार्थीहरुले राष्ट्रिय अखण्डता र नेपाली आमाहरुको चरित्रमाथि धावा बोल्ने सिके राउतलाई फाँसीको सजाय हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।




Comments