संविधान चाँडै आउँछ - कार्की



३० चैत, दमक।
नेकपा एमालेका केन्द्रीय सदस्य हिक्मत कार्कीले आम नागरिकले चाहेको संविधान चाँडो जारी गर्ने बताएका छन्।
आज एमाले दमक नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै नेता कार्कीले एक जाति बिशेषको आवश्यकता पूरा गर्ने नभई मुलुक भित्रका सबै जात जातिलाई सुहाउँदो संविधान जारी गर्नु पर्ने बताए। दमक १५ स्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा नव बर्ष २०७२ सालले कार्यकर्तालाई उर्जाशील र सामुहिक हित हुने खालका काम गर्न प्रेरण मिलोस् भन्दै मेची अञ्चल इञ्चार्जसमेत रहेका कार्कीले शुभकामना दिएका थिए।




पार्टस् दमक नगर अध्यक्ष अम्विका खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राईले नव वर्षबाट हरेक काममा जिम्मेवार बन्न कार्यकर्तालाई शुभकामना दिएका थिए भने पार्टी झापा सचिव मदन अधिकारीले आम नागरिकलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए।
एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ७ का अध्यक्ष नेत्र दाहाल, सभासद दिपक कार्की, जिल्ला सदस्य निर्मला पाठक र एमाओवादी दमक नगर इन्चार्ज रमेश गुरागाई लगायतले शुभकामना मन्तब्य राखेका थिए।

Comments