मैथिली समाजको आयोजनामा रक्तदान




४ बैशाख, दमक।
मैथिली समाज सेवा समिति दमकले यहाँ आज आयोजना गरेको रक्तदानमा ४३ पिन्ट रगत संकलन भएको छ । स्थानीय गणतन्त्र चोकमा भएको रक्तदानमा ५ महिलासहित ४० जनाले रगतदान गरेका थिए । सो रक्तदानमा पूर्वकै सवैभन्दा बढी पटक रगतदान गर्ने दमकका राजकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । उनले आजसमेत गरि ९४ पटक रगत दान गरेका छन्। त्यस्तै, दमकका व्यवसायी शंकर बस्नेतले ५० औं पटक रगतदान गरे।



यसैगरी, समितिका उपाध्यक्ष अशोक चौधरी, सहसचिव शम्भु कुमार ठाकुर, सदस्य विजय शाह, मैथिली युवा समाजका सदस्यहरु सुरज शाह, गोपाल शाह, शन्तोष कुमार शाह लगायतकाले एक, एक पिन्ट रगतदान गरेका छन् ।
पूर्वका अस्पतालहरुमा रगतको अभाव हुन नदिन संस्थाले बृहत रक्तदान कार्यक्रम गरेको समितिका अध्यक्ष विनोदानन्द झाले जानकारी दिए।
सोही अवसरमा संस्थाले निकालेको नयाँ बर्षको भित्रेपात्रोसमेत सार्वजनिक गरिएको थियो ।





Comments