दमकमा एकैसाथ दुईवटा पत्रिका थपिए



५ बैशाख, दमक।
झापाको दमकबाट एकैसाथ दुई वटा पत्रिकाले आफ्नो प्रकाशन शुरु गरेका छन् । यही बैशाख १ गतेदेखि झापा पोष्ट दैनिक र आजबाट साझा लिम्बुवान मासिक पत्रिका प्रकाशन शुरु भएका हुन् ।
झापा पोष्ट दैनिकको प्रकाशक तथा सम्पादकमा रेगीना भट्टराई रहेकी छिन् भने साझा लिम्बुवान मासिक पत्रिकाको सम्पादकमा सुरेन्द्र निङलेखु रहेका छन् ।

जिल्लामा सवैभन्दा बढि विर्तामोडमा ४ वटा दैनिक पत्रिका र ५ वटा एफएम रेडियो सञ्चालनमा छन् ।





Comments