शुभारम्भद्वारा इ-रिक्सा चालक महिला सम्मानीत



२९ चैत, दमक।
झापाको दमक-११ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले इ-रिक्सा चालक चारजना महिलालाई सम्मान गरेको छ । संस्थाको चौथो बार्षिकोत्सवको अवसर पारेर आइतबार दमकका रिक्सा चालकहरु लखनपुर घर भई दमक-१२ बस्दै आएकी गंगादेवी राजवंशी, दमक -१० की सुनिता अछामी, दमक -१२ की कृष्णलक्ष्मी बल र दमक- १४ की उमा चौधरीलाई सम्मान गरिएको हो । उनीहरुलाई बर्षायाममा पानीबाट जोगिन उपयोगी रेनकोटसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डा. घनश्याम सुवेदी र अध्यक्ष सुवास रिजालले महिलाहरुले विभिन्न असहजताका बाबजुद पुरुषसरह सिटी सफारी रिक्सा चलाएर जिविकोपार्जन गर्नु उदाहरणीय काम भएको चर्चा गरे ।




उनीहरुलाई प्रोत्साहन गर्न संस्थाले त्यस किसिमको कार्यक्रम गरिएको व्यवस्थापक लोचन ढुङ्गानाले बताए । सो अवसरमा संस्थाका अध्यक्ष रिजालले संस्थाको हालसम्मको कारोवार प्रस्तुत गरेका थिए । संस्थाको शेयर पूंजी ७८ लाअ ३८ हजार ३ सय, निक्षेप २ करोड ३७ लाख २३ हजार ४ सय, विभिन्न कोषमा २५ लाख १८ हजार ३ सय ४० र ऋण प्रवाह ३ करोड २७ लाख ९७ हजार ५ सय १७ रुपैयाँ रहेको अध्यक्ष रिजालले प्रस्तुत गरेका थिए । संस्थामा कुल १२ सय ४६ जना रहेको उल्लेख छ ।
संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा अघिल्ला बर्षहरुमा जस्तै रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ ।
सोही अवसरमा भएको रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा ५ महिलासहित ३२ जनाले रगतदान गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समितिका उपाध्यक्ष गुरुभक्त ढुङांना, सल्लाहकार संयोजक डा. सुवेदी, सञ्चालक सदस्य गणेश विष्ट, महेन्द्र श्रेष्ठ, लेखा संयोजक मोहन श्रेष्ठ, शेयर सदस्य उर्मिला श्रेष्ठ लगायतकाले रगत दान दिएका थिए ।

Comments