उवासंघको अवलोकन भ्रमण तय

-->


७ बैशाख, दमक।
दमकका उद्योग, व्यवसायीहरुले साता दिन लामो अवलोकन भ्रमण गर्ने भएका छन् ।
पश्चिमका उद्योग, वाणिज्य संघहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन तथा ती क्षेत्रको उद्योग, व्यावसायको अवस्थाका बारेमा एकआपसमा अनुभव साटासाट गर्न दमक उद्योग वाणिज्य संघले सो अवलोकन भ्रमणको आयोजना गर्न लागेको हो ।

-->

यही बैशाख १० गतेबाट नेपालका पश्चिमी शहरहरूको एक साता लामो भ्रमण गरिने संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए। संघको आज सम्पन्न बैठकले भ्रमणको निर्णय गरेको हो । भ्रमण टोलीमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यवसायीहरुको सहभागीता रहने संघका प्रथम उपाध्यक्ष श्रेष्ठले जानकारी दिए। भ्रमण टोलीले एक दर्जन बढी उद्योग, बाणिज्य संघका प्रतिनिधीहरु तथा स्थानीय उद्यमी, व्यवसायीहरुसँग अन्तरकृयासमेत गरिने बताइएको छ ।

-->

Comments