अनुगमनको अभावमा वैदेशिक रोजगारीमा ठगी




नरेन्द्र बस्नेत,
८ बैशाख, मोरङ।
सरकारी निकायहरुबाट अनुगमनको अभाब र अस्वस्थ्य प्रतिष्पर्धा बैदेशिक रोजगारीमा मुख्य ठगीका कारण भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।
मोरङको पथरीशनिश्चरे नगरपालिका १ मा ओरेक नेपालले आयोजना गरेको बैदेशिक रोजगारीमा महिला र सञ्चारकर्मीहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा भेला भएका सञ्चारकर्मी लगायतले यस्तो बताएका हुन्र । नेपालबाट अहिलेसम्म बैदेशिक रोजगारीमा गएका ३२ लाखमध्ये २४ लाख जनाले मात्र श्रम स्वीकृति लिएर गएको तथ्यांक समेत प्रस्तुत गरिएको थियो ।




नेपालमा ७ सय २३ मेनपावर कम्पनीले बैदेशिक रोजगार बिभागमा स्वीकृती लिएको र नेपालभरि ४७ मेनपावर कम्पनीलाई मात्र शाखा सञ्चालनको अनुमति दिएको बिभागको तथ्यांकमा उल्लेख भएपनि पूर्वाञ्चलमा बिशेषगरी मेनपावर सञ्चालन भएका सुनसरीको इटहरी र झापाको बिर्तामोड, दमक लगायतका ठाउँमा मात्र १ हजार बढी मेनपावरका शाखाहरु सञ्चालित छन्।
बिशेषगरी दलालहरुले प्रलोभन देखाएर बैदेशिक रोजगगारीमा पठाउने गरेको र रोजगारीमा जानेहरुमा जनचेतनाको अभाब भएका कारण पनि बैदेशिक रोजगारीमा ठगी हुने गरेको ओरेक परियोजनाकी कार्यक्रम संयोजक बिमला ढुंगानाले बताइन्।
बिशेषगरी मानबअधिकारका क्षेत्रमा काम गरिरहेको ओरेकले पछिल्लो समय मोरङका १५ वटा गाबिसमा सुरक्षित बैदेशिक रोजगारसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
अन्तरक्रियामा ओरेककी शोभा बजगाई, पत्रकार सुमन पुरी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र बिष्टले आफुले यो क्षेत्रमा काम गर्दाको अनुभब र बैदेशिक रोजगारलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने बिषयमा धारणा समेत राखेका थिए ।


Comments