गौरादह खानेपानीको नयाँ नेतृत्व चयन





१३ बैशाख, दमक।
झापाको गौरादहस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न निर्वाचन मतपरिणामअनुसार समितिको अध्यक्षमा बाबुराम भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी समितिको लेखासमितिको संयोजकमा जुद्धबहादुर विष्ट र सदस्यद्वयमा भुपालमान कार्की र कृष्णप्रसाद बाँस्कोटा चुनिएका छन् । यस्तै, समितिको कार्यसमितिको सचिवमा जीवन कार्की र सदस्यहरुमा छविन्द्र कार्की, नारायणप्रसाद घिमिरे, दुर्गाप्रसाद गौतम, सूर्ययप्रसाद गौतम तथा महिला सदस्यहरुमा प्रेमकुमारी घिमिरे, शान्ता पराजुली र सीता कुमारी बुढाथोकी निर्वाचित भएका छन्।
निर्वाचित समितिलाई आजै प्रमाणप्रत्र समेत वितरण गरिएको छ। आगामी ४ बर्षको कार्यकालका लागि शुक्रवार मतदान भएको थियो ।






Comments