भ्यानको ठक्करबाट महिला गम्भीर



२६ चैत, दमक।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा आज दिउँसो भ्यानको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।
दमक-१४ मा अपरान्ह ३ बजेतिर मे १ च ३०८४ नम्बरको भ्यानले ठक्कर दिँदा स्थानीय ४२ बर्षीया खिना पराजुली गम्भीर घाइते भएकी हुन्।
पैदल हिँड्दै गरेकी उनलाई पश्चिमबाट पूर्व जाँदै गरेको भ्यानले ठक्कर दिएको थियो । घाइते पराजुलीको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको र भ्यान र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।



Comments