तेज वन विश्वासी,
१९ चैत, इटहरी ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका २६ स्थित कोशी राजमार्गको आँपगाछी सडक खण्डमा नौ दिनअघि मृत फेलापरेका उदयपुरका सञ्चारकर्मी रामप्रसाद भट्टराई (सचिन)लाई ठक्कर दिने पिकअप गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गहन अध्ययन र खोजपछि प्रहरीले घट्नास्थल क्षेत्रका मानिसको भनाईको विश्लेषणपछि इटहरी २४ मा बसोवास रहेको गोपाल श्रेष्ठको घरमा लुकाई राखेको अवस्थामा को १ च ६५३२ नम्वरको बलेरो पिकअपलाई आज नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए।

Comments
Post a Comment