चेतनाले निःशुल्क शिविर गर्ने



९ बैशाख, उर्लाबारी।
मोरङको इटहरा-१ सोमबारेस्थित चेतना हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
यहि बैशाख १२ गते शनिवारका दिन हस्पिटल हाताभित्र स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो । शिविरमा डाक्टरको जाँच फी निःशुल्क हुने र अन्य सेवाहरुमा १५ प्रतिशत छुट गरिएको अस्पतालले जनाएको छ । असहाय, जेष्ठ नागरिक र अपाङ्गता भएकालाई ३० प्रतिशत छुट गरिने हस्पिटलले जनाएको छ । फिजिसियन डाक्टर पवन पराजुली, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर हेमनारायण महासेठ, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर चेतना मिश्र र डाक्टर रबिन्द्रकुमार शाहले शिविरमा स्वास्थ्य चेकजाँच गर्ने बताइएको छ ।


सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सन्चालनमा आएको यस हस्पिटलले निम्न आर्थिक अवस्था भएकाहरुका लागि लक्षित गरेर शिविरको आयोजना गर्न लागिएको हस्पिटल प्रालिका संयोजक बिदुर बस्नेतले जानकारी दिए।




Comments