बन्दुक, गोली र खुकुरीसहित एक पक्राउ




२६ चैत, दमक।
झापाको मेचीनगरबाट प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने मोरङको केरौन १ घर भई हाल झापाको मेचीनगर १० मा डेरा गरी बस्ने ४४ बर्षीय जीवन कुमार सुब्बा (लिम्बु) हुन् ।
मेचीनगर-१०, प्रगतीटोलका यमनाथ कोइरालाको घरमा डेरा गरी बस्ने लिम्बुले अवैध हतियार लुकाईछिपाई राखेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले गएराति १० बजेतिर लिम्बुको डेराकोठा खानतलासी गर्दा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल एक थान र थप ४ राउण्ड गोली बरामद गरेको छ । सो हतियार र गोली लिम्वुले पलङको डस्नामुनी लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो।



साथै लिम्बुले प्रयोग गर्ने ML062610 नं. को स्कर्पियो जीप गाडीमा दाप सहितको एउटा खुकुरीसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पेस्तोल, गोली, खुकुरी र गाडी समेत बरामद गरी लिम्बुमाथि हात हतियार खरखजना मुद्दामा म्याद लिई अनुसन्धान कार्य सुरु गरिएको प्रहरीको भनाई छ।


Comments