लागू पदार्थसहित अधिकारी पक्राउ



३० चैत, दमक।
प्रतिवन्धित लागू पदार्थसहित दमकका एक युवकलाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ।
दमक ३ का ३४ बर्षिय सागर अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको हो।
आइतबार दिउँसो चेकजाँचको क्रममा प्रहरीले उनको साथबाट लागुऔषध लुपिजेसिक, डाइजेपाम र फेनारगन गरी २५ थान बरामद गरेको थियो।
उनले प्रयोग गरेको को ४ प ८८७७ नम्बरको मोटरसाइकलसहित अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान एव कारवाही प्रकृया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

Comments