पुनर्जन्मले दियो ५१ हजार



१५ बैशाख, विर्तामोड।
महाभूकम्प पीडितहरुका लागि झापाको विर्तामोड १ स्थित पुनर्जन्म समूह नेपालले ५१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
समूहका अध्यक्ष राजु गिरीले झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका कार्यवाहक सभापति निर्मल भट्टराईलाई आज मंगलबार बिर्तामोडमा ५१ हजार एक सय रुपैयाँ नगद हस्तान्तरण गरेको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।




पुनर्जन्म समूह नेपाल लागू औषध प्रयोगकर्ताहरुको उपचार र पुनर्स्थापनाका लागि कार्यरत रहेको समूहका परामर्श दाता सरोज श्रेष्ठ र स्वयम्सेवक नेपाल रत्न शिवाकोटीले जानकारी दिए ।
बिर्तामोडमा वाणिज्य संघ, रेडक्रस सोसाइटीको अगुवाइमा अन्य संस्थाको सहभागितामा राहत संकलन गर्ने कार्यक्रम जारी छ । संकलित राहत जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाइने छ । राहत संकलनका लागि एकरुपता कायम गर्ने प्रशासनसंगको सहमति बमोजिम वाणिज्य संघ, रेडक्रसको अगुवाई तथा स्थानीय संघसंस्थाको सामुहिक सहभागितामा झापाका विभिन्न स्थानमा राहत संकलन जारी छ ।
२/४ जना मिलेर तन्ना लिएर जथाभावी राहत संकलन गर्ने कार्यलाई भने प्रशासनले निरुत्साहित गरेको छ । प्रशासनले संघसंस्थासँगको समन्वयमा एकरुपताकासाथ राहत संकलनमा जुट्न पनि आग्रह गरेको छ । झापाबाट एक करोड रुपैया राहत संकलन गरी पठाउने तयारी भएको छ ।



Comments