बजेट निकाशा नहुँदा मावा पुल निर्माणकार्य अलपत्र



७ वैशाख, दमक।
जिल्ला विकास समितिले समयमा नै बजेट निकाशा नगरिदिँदा झापाको दमक १९ मा निर्माणाधीन मावा पुलको निर्माण कार्य रोकिएको छ।
दमक १९ को सेतुमारीबाट मोरङको राजघाट जोड्ने मावाखोलामा निर्माणाधीन पक्किपुलको निर्माण कार्य रोकिएको हो । पौने ७ करोड रूपैयाँको लागतमा झण्डै आठ महिना ढिलो गरी शुरु गरिएको सो पुलको निर्माणकार्य हालसम्म ४२ प्रतिशतमात्र सकिएको निर्माण पक्षले जनाएको छ ।

विपि चौदाह जेभिले गएको पौष महिनाबाट ६६ मिटर लम्बाईको पुल निर्माण शुरु गरेको थियो ।


Comments