लोकतन्त्र दिवसमा रक्तदान




११ बैशाख, दमक।
नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाई समितिले आज शुक्रवार दमकमा बृहत रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको थियो ।



९ औं लोकतन्त्र दिवसको अवसर पारेर संघले आयोजना गरेको सो कार्यक्रम कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पार्टी महासमिति सदस्यहरु सुरेश सुव्वा, दिल बहादुर बुढाथोकी, नेपाल महिला संघ दमक नगर सभापति मन्दरा पौडेल, संघकी पूर्व नगर सभापति लता चपागाई लगायतले लोकतन्त्रको अपरिहार्यतामाथि प्रकाश पारेका थिए।
कार्यक्रम संघका दमक क्याम्पसका इकाई सभापति बिनोद चापागाईको अध्यक्षतामा भएको थियो ।




Comments