युवा संघको प्राथमिकता अव कृषि - उपाध्यक्ष थापा




११ बैशाख, दमक।
युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द्र थापाले नेताहरुमा बिषय बिज्ञता नहुँदा राजनीतिप्रति चासो घटेको बताएका छन्।
दमकमा आज प्रेस चौतारी झापाले गरेको भेटघाट कार्यक्रममा उपाध्यक्ष थापाले कृषि, उद्योग र खाद्य पदार्थ लगायतका क्षेत्रमा बिज्ञता नहुँदा अहिले राजनीतिप्रति आमनागरिकको चासो घटेको बताए। संघले उत्पादनसँग जोडिएका मुद्दाहरुको पहिचान गरी कृषि उत्पादनमा लाग्ने थापाले बताए। अरुबेला राजनीतिक मुद्दामा केन्द्रित हुने नेता थापा आज पत्रकारसँग कृषि र किसानका बिषयमा केन्द्रित भएका थिए । इजरायलमा ३ प्रतिशत कृषकहरु भए पनि अहिले त्यहींको कृषि उत्पादन बिश्व बजारमा पाइन्छ तर नेपालमा ८० प्रतिशत किसान भए पनि बर्तमान समयमा बाहिरबाट धान ल्याउनु परेको उनले बताए ।



अव युवा संघले कृषिलाई पहिलो प्राथमिकता दिएर अर्ग्यानिक, नन अर्ग्यानिक उत्पादनमा लाग्ने थापाले बताए। देशबाट बिदेशमा किसानहरु 'एक्चेञ्ज' गर्ने पूर्वाधार तयारीमा लागेको उनले बताए।
पत्रकारको जिज्ञासामा दमकको बिकासका लागि आफु लागि परेको उनले बताए।





Comments