एमाले क्षेत्रीय अध्यक्षमा सुवेदी सर्वसम्मत




१० बैशाख, दमक।
नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र नम्वर ६ झापाको तेस्रो अधिवेशनले छत्रपति सुवेदीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
बिहिवार गौरादहमा भएको निर्वाचनले क्षेत्रीय कमिटीको अध्यक्षमा सुवेदीलाई चयन गरेको हो । क्षेत्रीय कमिटीको सचिवमा नगेन्द्र भण्डारी, भुगोलतर्फ ६ जना र महिला कोटाबाट ९ जना सर्वसम्मत चयन भएका छन्। भुगोलबाट भोजराज दाहाल गौरादह, डम्वर पाण्डे महारानीझोडा, यज्ञ भेटवाल जुरोपानी, टंक पोखरेल महाभारा, खजुरगाछीबाट जय नारायण दास र बैगुनधुराबाट प्रकाश खरेल चयन भएको एमाले जिल्ला सचिव मदन अधिकारीले जानकारी दिए ।


यसैगरी महिलाहरुमा सरिता खनाल, पबित्रा दंगाल, लिला कार्की, कमला दाहाल, डम्वरकुमारी संग्रौला, मिना ढकाल, दुर्गा लुइँटेल, राधिका भट्टराई र मुना चौलागाई चयन भएका छन् । बैकिल्पक महिला सदस्यहरु देवीमाया श्रेष्ठ र देवीमाया खतिवडा चयन भएका छन्।
खुल्ला बैकल्पिकतर्फ देवेन्द्र शिवाकोटी र चिन्तामणि काफ्ले चयन भएका छन् भने युवाहरुको तर्फबाट दुर्गा गौतम र विद्यार्थीबाट हरि पोखरेल चयन भएका छन् । मजदुर फाँटबाट निर्मल बास्तोला, दलिततर्फ मानबहादुर बर्देवा चुनिएका छन् ।
क्षेत्रीय कमिटीको उपाध्यक्ष, उपसचिव र केही सदस्यहरुको छनौटका लागि मतदान भएको जिल्ला सचिव अधिकारीले बताए । मतगणना आज रातिसम्म सकिने एमालेले जनाएको छ ।






Comments