अव काठमाण्डौ जान्नँ ..




नरेन्द्र बस्नेत, मोरङ ।
महाभूकम्पपछि राजधानी छोडेर घर फर्कने र सुरक्षित स्थानको खोजीमा लागेका व्यक्तिहरु आएपछि पूर्वका शहरहरुमा चहलपहल बढेको छ ।
गत शनिबार गएको भूकम्पमा केही कम क्षति महशुस गरिएको तराईका बिभिन्न जिल्लाहरुमा त्यस क्षेत्रबाट राजधानी पसेका र सुरक्षित स्थानको खोजीमा निस्किएका व्यक्तिहरु आएपछि यस क्षेत्रमा चहलपहल बढेको हो ।
पूर्वकै ब्यापारिक केन्द्रबिन्दु मानिएका इटहरी, बिराटनगर, धरान, दमक, बिर्तामोड लगायतका ठाउँहरुमा भिडभाड बढन थालेको छ ।



आज बिहान मात्र इटहरी आइपुगेका झापाका अनिल कार्कीले भने, 'ज्यान जोगाएर यहाँसम्म आईपुगियो सायद अब काठमाण्डौ जान्न होला । बरु यतै केही गर्छु। त्यहाँ त सायद अब बाचिँदैन होलाजस्तै लागेको थियो । ' उनीसँगै रहेकी उनकी श्रीमती र १ छोरा समेत पूर्व आइपुग्दा पूर्वमा खासै क्षति नभएका कारण पनि अब बाँचिन्छ जस्तो लागेको बताउँदै थिए ।
बिराटनगरमा बिजय चौधरीले पनि अब आफु सुरक्षित भएको महशुस भएको बताउँदै थिए । उनले भने काठमाण्डौ हेरेर यहाँ धेरै सुरक्षित रहेछ । 'त्यहाँ त भागदौडकै क्रममा पनि ज्यान जान सक्छ', उनले भने, 'बरु दिनरात काम गर्छु, काठमाण्डौ जान्न।'
काठमाण्डौ उपत्यकामा पुगेर बिभिन्न पेसा र ब्यबसायमा संलग्न हरु यसरी धमाधम तराईका जिल्लातिर आएपछि यस क्षेत्रमा बढी चहलपहल देखिन्छ।





Comments