२१ चैत, दमक।
झापाको दमक-१३ स्थित कञ्चनजंघा क्रियाशील टोल विकास संस्थाले होटल तथा लजहरुमा हुने गरेको विकृति रोक्न पहल थाल्ने भएको छ । आज होटल तथा टोल विकास संस्थाका प्रतिनिधीहरुको बैठकले सो टोल अन्तर्गतका केही होटल तथा लजहरुमा हुने गरेका विकृति रोक्न पहल थाल्ने निर्णय गरेको हो । स्थानीय होटल तथा लजहरुमा केहि दिनयता यौनजन्य विकृति बढ्दै गुनासो आएपछि त्यस्ता गलत कार्य हुन नदिन पहल थालिएको संस्थाका अध्यक्ष जगत अधिकारीले जानकारी दिए।
बैठकमा टोलमा आवद्ध सर्वसाधारणहरुले होटल तथा लजहरुमा पेशेवर महिला राखेर समाजिक संरचना विगारेको आरोप लगाएका थिए।
होटल व्यवसायी संघका क्षेत्रिय अध्यक्ष गंगा सिटौलाले होटल तथा लजहरुमा यौनजन्य विकृति हुने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए । बैठकमा संघका सहभागी प्रतिनिधिहरुले यौनजन्य विकृति नियन्त्रण गर्न सवैको जिम्मेवारी भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिएका थिए। बैठकमा संघका प्रतिनिधिहरु कृष्ण धिमाल, सुधीर प्रधान तथा स्थानीय होटल ब्यवसायीहरुको सहभागीता रहेको थियो । उनीहरुले यस्ता विकृति हुन नदिन व्यवसायीहरु सजक हुनुपर्ने बताएका थिए।
Comments
Post a Comment