भूकम्पमा परी राजघाटका श्रेष्ठको मृत्यु




तेजन खड्का
१४ बैशाख, उर्लाबारी।
गत शनिवार गएको महाभूकम्पमा परी मोरङ राजघाट-५ का हरि श्रेष्ठ सुरेशको पनि मृत्यु भएको खुल्न आएको छ ।
काठमाडौंमा आर्मी क्याम्पमा रहँदा पर्खालले किचेर मृत्यु भएको हो ।
३७ बर्षिय हरि नेपाली सेनामा कार्यरत थिए । उनको शव घर ल्याउने तयारी भइरहेको छ । सहयोगी र मिलनसार हरिको निधनले राजघाटवासी शोकाकुल रहेको उनका साथी अर्जुन नाल्बोले जानकारी दिए।



भूकम्पमा परेर मृत्युको खबर सुनिरहेका राजघाटवासी विशेषगरी काठमाडौंमा रहेका आफन्तबारे धेरै चिन्तित भएका छन् ।
'गाउँघरमा ठिकै छ भन्ने सुनें, तर काठमाडौंमा रहेका राजघाटवासी कस्तो हालतमा छन्, थाहा पाउन सकिरहेको छैन', मोरङ राजघाट घर भई हाल मलेसिया रहेका टेकबहादुर श्रेष्ठले टेलिफोनमा पिडा सुनाए । विदेशमा रहेका नेपालीहरु पनि घरपरिवारको पिडामा छट्पटाई रहेका छन् । यद्यपि, अव भुइँचालो आउने भय भने हटेर गएको बताइन्छ ।
भूकम्पमा परी राजघाटका श्रेष्ठको मृत्यु

Comments