आगोलेसरी पोल्यो ...कोशीमा



क्रेजी इन्टरटेइमेन्टले गायक भरत सुनारको दोस्रो म्यूजिक भिडियो 'आगोलेसरी पोल्यो मन.....' सप्तकोशी पुलमा भर्खरै छायाङ्कन पूरा गरेको छ । तिम्रो आँचलको... म्यूजिक भिडियोको अपार सफलतापछि इन्टरटेइमेन्टले गायक सुनारको यो भिडियो छायाङ्कन गरेको हो ।
डान्सिङ नम्बरको यो गीतमा जोन राई, लक्की शेर्पा र सन्तोष बराइलीको त्रिकोणात्मक लभस्टोरीलाई प्ले गरिएको निर्देशक सन्तोष राईले बताए । गायक स्वयंकै शब्द संगीत रहेको गीत कुन्दन राईले एरेन्ज गरेका हुन् भने कोरियोग्राफी कलाकार जोन राईले गरेका छन् । गीत डान्सिङ नम्बरको भएकोले निर्देशक राईले यस गीतलाई इन्डोर र आउटडोर दुवै लोकेसनमा कैद गरेका छन् ।


विवेक हिङमाङले खिचेको भिडियोलाई मसालेदार बनाउन कवि र ववीको बिबोइङ नृत्य समेत समावेश गरिएको निर्देशक सन्तोष राईले बताए । भिडियो यही वैशाखमा प्रिमियर हुने क्रेजी इन्टरटेइमेन्टले जानकारी दियो ।





Comments