मोटरसाइकलबाट लडेर एक महिलाको मृत्यु



११ बैशाख, दमक।
झापाको कुमरखोदमा कुदिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको ज्यान गएको छ।
विहीबार साँझ पौने ५ बजेतिर मे २ प ६८९६ नम्बरको मोटरसाइकलमा पछाडि सवार कुमरखोद १ की ३२ बर्षिया हेलना माझीको ज्यान गएको हो ।
कुमरखोद २ स्थित सडकमा मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी माझीलाई उपचारका लागि कञ्चनजङ्घा अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ।



Comments