नगरका ढल सफाई गर्ने कार्य शुरु




१७ बैशाख, दमक।
दमक नगरपालिका क्षेत्रका सडकमा निर्माण भएका ढलहरुको सरसफाई शुरु गरिएको छ ।
नगरको शहरी क्षेत्रभित्र निर्माण भएका ढलहरु पुरिन थालेसँगै सडकमा नै पानी जम्ने समस्या देखिन थालेपछि दमक नगरपालिका र फोहोर मैला ब्यबस्थापन कार्यालय तथा स्थानिय नगरवासीहरुको संयुक्त पहलमा सो सफाई शुरु गरिएको दमक नगर पालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले जानकारी दिए ।


हाल नगर क्षेत्रमा २० किलोमिटर ढल निर्माण भैसकेको छ भने ३ किलोमिटर मिटर ढल निर्माणाधिन अवस्थामा रहेको श्रेष्ठ बताए । दमक नगरको शहरी तथा बजार क्षेत्रमा निर्माण भएका प्रायःजसो ढलहरु फोहोरमैलाले भरिएपछि ढल पुरिएको भन्दै नगरवासीहरुले बारम्बार गुनासो गर्दै आएका थिए । सडक आसपासमा निर्माण हुने भौतिक संरचनाका बस्तुहरु ढुंगा, गिटी, बालुवा जस्ता सामाग्रीहरु ढलमाथि नै नगरवासीहरुले थुपारिदिने गरेका काराणले ढल थुनिने गरेको नगरपालिकाले जनाएको छ । दमक नगरपालिका र स्थानीय जनसहभागिता निर्माण भएका ढलहरुबाट पानिबग्न छोडेपछि त्याहा रहेको फोहोरका कारण निकै दुर्गन्ध समेत फैलिएको थियो । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सवै ढलहरुको क्रमागत रुपमा नै सफाई कार्य शुरु गरेको जनाएको छ । दमक नगरपालिका र स्थानियहरुको करोडौं रुपैयाँ लगानी भइसकेका यी ढलहरुको उचित ब्यबस्थापन हुन नसक्दा नगरको स्वरुपमा समेत नराम्रो असर पारेको छ । वर्षाको समयमा नगरको बजार तथा शहरी क्षेत्रको पानीलाई उचित व्यवस्थापन गरी निकासका लागि निर्माण भएका यी ढलहरु अहिले फोहोर फाल्ने स्थानको रुपमा विकास परिणत भएका थिए ।



Comments