क्रिश्चियन बनाउन खोज्नेलाई स्थानीयबासीले पक्रेर प्रहरीको जिम्मा



११ बैशाख, दमक।
विभिन्न भ्रामक कुरा गरी सर्वसाधारण र बालबालिकालाई धर्म परिवर्तन गराउन खोज्ने चार विदेशीसहित पाँचजनालाई झापाको दमकमा स्थानीयबासीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
दुई महिनाको पर्यटन भिसा लिएर आएका नाईजेरियन मूलका दुईजना र एकजना अमेरिकी, अध्ययन भिसामा आएका एक जना जापानी तथा एक नेपाली नागरिकलाई बिभिन्न धार्मिक संगठनका कार्यकर्ताहरुले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा बुझाएका हुन्।
दमकको एक होटलमा बसी भ्रष्टाचारमुक्त सरकार बनाउन नेपाललाई इसाईसापेक्ष देश बनाउनु पर्छ भन्ने आसय भएका ब्रोसर र पत्रपत्रिका बाँडिरहेको अवस्थामा स्थानीयले उनीहरुलाई प्रहरीको जिम्मा लगाएका हुन्। प्रहरीले पक्राउ गरेपछि उनीहरुका सबै प्रचार सामग्री जफत गरेको छ ।
पछिल्लो समयमा संक्रमण कालको फाइदा उठाई विभिन्न बहानामा नेपाल पसेर अबैध रुपमा इसाईहरुले धर्म प्रचार गर्ने गरेका छन् ।



Comments