२४ चैत, दमक।
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर वेलडाँगीका एकजना भुटानीले जारी तेश्रो देश पूनर्वासले परिवारिक बेमेल गराएको भन्दै उजुरी गरेका छन् । बेलडाँगी-१ सेक्टर वि-४, छाप्रो नम्बर ३८० मा बस्दै आएका धनबहादुर मगरले पूनर्वास गर्ने अधिकारीहरुले आफ्नो परिवारलाई आफूसँग छुट्याएर तेश्रो मुलुकमा लैजाने तयारी गरिएको दावी गरेका छन् ।
उनले एक विज्ञप्ती निकालेर स्वदेश फिर्ता हुने शरणार्थीहरुको स-सम्मान पाउने अधिकारलाई कुण्ठित गराएर जवरजस्ती पूनर्वास गराइएको उल्लेख छ । मगरले दमकस्थित यूएनएचसीआरको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सञ्चारमाध्यमहरुलाई पत्र पठाएर सो गुनासो राखेका हुन् ।
मगरले आफ्नी श्रीमती मनमाया, छोरा प्रकाश र बुहारी अनु मगरले आफ्नो अनुमती विना नै तेश्रो मुलुक पूनर्वास हुने प्रकृया अगाडी बढाएको भन्दै तत्काल प्रकृया रोकिदिनसमेत विज्ञप्तीमार्फत अपील गरेका छन् ।
यसअघिसमेत मगरले दुई बर्षअघि आफ्नी श्रीमतीले पूनर्वास प्रकृयाका लागि आफूसँग सम्बन्ध विच्छेद गराएको भन्दै आपत्ति जनाएका थिए ।
Comments
Post a Comment