शिर्ष स्थानमा उक्लियो झापा



६ वैशाख, विर्तामोड।
झापा ११ राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताअन्तर्गत आज भएको खेलमा शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै झापा शीर्ष स्थानमा उक्लिएको हो ।
डोमालाल रंगशाला विर्तामोडमा भएको खेलमा दोश्रो हाफको ३६ औं मिनेटमा गणेश खड्काले गरेको गोल नै निर्णायक बन्न पुग्यो । घरेलु मैदानमा पहिलो जीत हात पारेको झापाले मनाङ विरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।
दोश्रो हाफको २० औं मिनेटमा झापाका कर्ण लिम्बुले गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए । जीतसँगै ६ खेलमा झापाको १३ अंक छ । प्रतियोगितामा पहिलो हार बेहोरेको मनाङ भने समान खेलमा ११ अंक जोड्दै दोश्रो स्थानमा झरेको छ ।


Comments