छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु




१६ बैशाख, दमक।
भिन्नाभिन्नै घटनामा पूर्वका तीन ठाउँमा मंगलबार भएका घटनामा तीनैजनाको गएको छ । ती घटनामध्ये चट्याङले लागेर दुई र रूखले किचेर एक जनाको मृत्यु भएको हो।
मंगलबार दिउँसो १ बजेतिर परेको चट्याङले लागेर इलामको माईमझुवा ४ का चन्द्रबहादुर राईका १६ बर्षिय छोरा मेघराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।



त्यस्तै खोटाङ बाहुनडाँगी ५ बस्ने तेजबहादुर राईको पनि चट्याङले लागेको मृत्यु भएको हो । उनलाई अपरान्ह ३ बजेतिर चट्याङले लागेको थियो।
आ-आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ खस्दा उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
त्यसैगरी संखुवासभाको चैनपुरमा मंगलबार दिउँसो आएको हावाहुरीका कारण रुखले थिचेर एक जनाको ज्यान गएको छ ।
रुखले थिचेर चैनपुर १ मैदाने बस्ने ३४ वर्षिय भबिन्द्र लिम्बुको ज्यान गएको हो । उनलाई मंगलबार दिउँसो ३ बजे रूख काट्दै गरेको बसिरहेको अवस्थामा रुखले थिचेको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।




Comments