सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते



३० चैत, दमक।
झापाको दमकमा भएका दुईवटा सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । ती घटनामा दुईजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक-१५ मा आइतबार राति साढे ११ बजेतिर को १० प १६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी सवार मोरङ्ग इटहरा ७ का २८ बर्षिय दिपक धमलाको मृत्यु भएको हो। उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको हो भने मोटरसाइकलका चालक सोही स्थान बस्ने ज्ञानु कट्टेलको सामान्य अवस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।


त्यस्तै सेतुमारी हाइवे सडकअन्तर्गत दमक १९ मा हिजो साँझ पाँच बजेतिर बा १ ख ९४११ नम्बरको बसको छतबाट खसेर स्थानीय ४० बर्षिय कुमार भुजेल घाइते भएका छन्। उनको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ। बसलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजतलास भइरहेको प्रहरीको भनाई छ।

Comments