२२ चैत, मोरङ।
ट्याक्टरको ठक्करबाट मोरङको मधुमल्लामा एक पैदलयात्रीको मृ्त्यु भएको छ ।
ट्याक्टरले ठक्कर दिएर झापा दमक - १६ का ३५ वर्षिय बिनोद श्रेष्ठको मृत्यु भएको हो ।
आज दिउँसो डेढ बजेतिर पैदल हिँडिरहेका उनलाई मे १ त ३६७२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृ्त्यु भएको थियो । उनको शव पोष्टमर्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे पठाइएको छ ।
फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
Comments
Post a Comment