हङकङमा राजघाट सांगीतिक साँझ



तेजन खड्का
१० बैशाख, उर्लाबारी।
नयाँ वर्षको अवसर पारेर हङकङमा राजघाट सांगीतिक साँझ कार्यक्रमको आयोजना गरिने भएको छ । राजघाट समाज हङकङ मोरङले बैशाख १७ गते सांगीतिक साँझको आयोजना गर्ने भएको हो ।
याक एण्ड यति रेण्टुरेन्टमा आयोजना गर्न लागिएको सांगीतिक साँझमा राजघाट नै घर भएका चर्चित गायक गायिकाको प्रस्तुति रहनेछ । कार्यक्रममा गायक डम्बर नेपाली, गायिका मनु लिम्बु, योजना पुरी र तारा लिम्बुले सांगीतिक प्रस्तुती दिने राजघाट समाज हङकङले जनाएको छ ।



राजघाटका कलाकारको प्रोत्साहन र सम्मानका लागि कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष टिका लिम्बुले बताए। कार्यक्रममा राजघाटेली दाजुभाई भेटघाट गरेर शुभकामना साटासाट गर्ने, नाचगान गर्ने र दुःखसुखका कुराकानी गर्दै उत्सवको रुपमा मनाउने तयारी भइरहेको उनले बताए।
समाजले बर्षेनी साँगीतिक कार्यक्रमको आयोजना गर्दै राजघाटका कलाकारहरुलाई समेट्दै आएको छ । हङकङ राजघाट समाज, मोरङ राजघाट थातथलो भई हङकङ रहेका नेपालीहरुको सामाजिक संस्था हो ।




Comments