जग्गादातालाई अभिनन्दन




२ बैशाख, खजुरगाछी ।
गौरीगञ्ज बहुमूखी क्याम्पस गौरीगञ्जले जग्गादाता तथा गौरीगञ्ज निवासी डा. वद्रीमान श्रेष्ठलाई आज एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाएर अभिनन्दन गरेको छ ।
हाल यूकेमा वसोबास गर्दैआएका डा. श्रेष्ठलाई झापा क्षेत्र नं. ६ का सभासद तथा कार्यक्रमका प्रमुख अतिथि दिपक कार्कीले दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । डा. श्रेष्ठले आफ्ना बुवा स्वर्गीय बुवा दुर्गालाल श्रेष्ठको स्मृतिमा क्याम्पसलाई १ विगाह १५ कठ्ठा जग्गा र नगद रु. १ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए ।



कार्यक्रममा डा. श्रेष्ठले क्याम्पसको भौतिक संरचना तथा पठन पाठनको गतिविधि हेरेर आफू प्रसन्न भएको बताए । उनले आगामी दिनमा क्याम्पसमा छात्रवृत्तिको व्यवस्था गरिदिने र सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमरदास शिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख सर्वतलाल राजवंशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्ष श्याम ढकालले क्याम्पसको स्थापना कालदेखि हालसम्मको प्रगति तथा गतिविधि बारेमा अवगत गराएका थिए । क्याम्पसका सहायक प्रमुख अर्जुन दंगालको सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकार समितिका सदस्य तथा बुद्विजीवि उदयलाल यादव, डमनलाल राजवंशी, ज्ञान वहादुर कार्की, कांग्रेस नेतृ फूलवती राजवंशीलगायतको उपस्थिति थियो ।




Comments