दुर्घटनामा १५ घाइते, तीनको अवस्था गम्भीर




१६ वैशाख, धनकुटा।
कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटारमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
धरानबाट भोजपुर यात्रू लिएर हिँडेको को १ ख २१५७ नम्बरको यात्रूबाहक बस बिहान साढे ८ बजे भेडेटार ४ मा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइते हुनेमा बसका सहचालक भेडेटार ४ का २७ बर्षिय धन बहादुर मगर, उदयपुर कटारीकी ३२ बर्षिया लक्ष्मी राई र भोजपुर कोटका ३३ बर्षिय बुद्ध राई रहेको छन्। घाइते सबैको धरान स्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
बसका चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरी चौकी भेडेटारले जनाएको छ।



Comments