बार्षिकोत्सवमा विदयार्थीलाई व्याग र विरामीलाई फलफूल



८ बैशाख, दमक।
झापाको दमक-११ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफनो तेश्रो बार्षिकोत्सव मंगलबार विभिन्न कार्यक्रम गरी मनाएको छ । बार्षिकोत्सवका अवसरमा संस्थाले दमकको आम्दा अस्पतालका एक सय जति विरामीहरुलाई फलफूल वितरण गर्नुका साथै आफ्ना शेयर सदस्यका बाल शैक्षिक योजनाका बचतकर्ताहरुलाई स्कुल व्याग वितरण गरेको छ ।
फलफूल वितरण गर्नेमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई, संस्थाका अध्यक्ष कृष्ण तिम्सिना, आम्दा अस्पतालका मेसु डाक्टर नविन ढकाल लगायत रहेका थिए।
यसैगरी संस्थाको कार्यालयमा बाल शैक्षिक योजनाका बचतकर्ताहरुलाई स्कुल व्याग वितरण गरिएको थियो । त्यस योजनामा आवद्ध करिव दुई सय बढी बालबालिकाहरुलाई स्कुल व्याग वितरण गरिएको संस्थाका ब्यवस्थापक धर्मानन्द भट्टराईले बताए ।




ती दुवै कार्यक्रममा संस्थाका अध्यक्ष तिम्सिना, उपाध्यक्ष दिपक खरेल, सदस्यहरु रोशन गौतम, कर्मचारीहरु, शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
यस अघि प्रथम र दोश्रो बार्षिकोत्सवमा भने संस्थाले दमकस्थित अपाङ्थ सहयोग समितिको सहकार्यमा ह्वील चेयर, फर्निचर र पत्रकार मञ्चलाई एकथान इन्भर्टर प्रदान गरेको थियो।
यसैबीच, सो संस्थाले हालसम्मको आर्थिक कारोवार सार्वजनिक गरेको छ । संस्थाले निकालेको प्रतिवेदनमा १० करोड ६४ हजार ५१ हजार ७ सय ५ रुपैयाँ निपेक्ष संकलन तथा १२ करोड २२ लाख १८ हजार २७ रुपैया ऋण लगानी गरेको जनाइएको छ । त्यस्तै, शेयर पूंजी २ करोड ५० लाख ४१ हजार १ सय र बाह्य लगानी ८० लाख रुपैयाँ रहेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।

तस्वीर - व्याग हस्तान्तरण गर्दै संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु





Comments