स्थानीय र शरणार्थी आमाहरुको सामुहिक सम्मान



डिकेश लामा,
५ बैसाख, बेलडाँगी।
झापाको दमक वडा नं. ५ मा रहेको शिवालय पाञ्चायन मन्दिरमा शनिवार शरणार्थी र स्थानीय क्षेत्रका २४ जना आमाहरुलाई सामुहिक सम्मान गरिएको छ ।
मातातीर्थ औंसीको अवसरमा मन्दिरमा जारी श्रीमद् भविष्य महाज्ञान पुराणमा दमक ११ मा रहेको हिमाञ्चल बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा सम्मान गरिएको हो । ७० बर्षदेखि ९२ बर्षसम्मका ७ जना शरणार्थी आमासहित दमक वडा नं. ५ का २४ जना आमाहरुलाई दोसल्ला ओढाएर, मिष्ठान तथा फलफूल खुवाएर सम्मान गरिएको सहकारीका अध्यक्ष बुद्ध पाण्डेले जानकारी दिए । मन्दिरमा पण्डित घनश्याम ढकाल र हेमसागर खनालले गएको १ गतेदेखि श्रीमद भविष्य पुराणको पाठ तथा पूजाआजा गर्दै आएका छन् ।



मन्दिर परिसरमा निर्माणधीन सामुदायिक भवन निर्माणार्थ गरिएको महापुराणमा शरणार्थी शिविरबाट बाहिर गएका शरणार्थी, शिविरमा रहेका भूटानी शरणार्थी र स्थानीय क्षेत्रमा रहेका बासिन्दाहरुले आर्थिक सहयोग गर्दै आएको मन्दिर समितिका सचिव रुद्र मिश्रले जानकारी दिए । मन्दिरको १२ औं बार्षिकोत्सव तथा ११ औं पुराणले आगामी दिनमा मन्दिर परिसरमा समाजलाई आवश्यक पर्ने भवन निर्माण गर्ने समितिले जानकारी दिएको छ ।
पुराण आगामी ९ गतेसम्म संचालन हुने संचालन समिति संयोजक पवन अधिकारीले बताए ।



Comments