राजदुत बोडे र स्याण्डर्स शिविरमा



९ बैशाख, दमक।
अमेरिकी राजदुत पिटर बोडेले झापा र मोरङका भुटानी शरणार्थी शिबिरहरुको आज अवलोकन भ्रमण गरेका छन् ।
बेलडाँगी र शनिश्चरे शिबिर पुगेका राजदुत बोडेले भुटानी शरणार्थी शिबिरमा चालु सहायता परियोजना र उनीहरुको अवस्थाबारे शरणार्थी शिबिर ब्यबस्थापन समितिका प्रतिनिधिहरुसँग अन्तरकृया गरेका छन्।
उनका साथ राष्ट्रसंघीय शरणार्थी आयोगका नेपाल प्रमुख क्रेग स्याण्डर्स पनि शिबिर आएका थिए।
अन्तरक्रियाका क्रममा उनीहरुसमक्ष शिबिर ब्यबस्थापन समितिका सचिव र पदाधिकारीले पुनर्बासपछि रहेका शरणार्थीको सम्बन्धमा ध्यानदिन आग्रह गरेका थिए।





अमेरिका भुटानी शरणार्थीलाई सर्वाधिक संख्यामा पूनर्बास गर्ने मुलुक हो । भुटानीहरु नेपालमा शरण लिन आएको बेला करिब अढाई दशक अघिदेखि नै अमेरिकाले भुटानी शरणार्थीको सहायतामा नेतृत्वकारी भूमिका निर्बाह गरिआएको छ ।
हालसम्म पूनर्वास भएका ९४ हजार ९ सय ३५ मध्ये ८० हजार तीनसय ३७जना अर्थात् करिब ८७ प्रतिशत अमेरिका पूनार्वास भएका छन् । यसैगरी अष्ट्रेलिया ५ हजार तीनसय २२, क्यानाडा ६हजार दुईसय १०, डेनमार्क आठसय ७४, नेदरल्याण्ड तीनसय २६जना, न्युजिल्याण्ड नौसय ५१ जना, नर्बे पाँचसय ५७ जना र बेलायत तीनसय ५८ जना भुटानी शरणार्थी पूनर्वासमा गएका छन् ।
यतिका भुटानी पुनर्बासमा युरोप र अमेरिका गएपछि अब शिबिरमा २२ हजार सातसय ४२जना भुटानी रहेका छन् ।



Comments